प्रहरीसँग यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायको अन्तरक्रिया
पाेखरा | पुस १२, २०८०
पोखरा: प्रहरीसँग यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायका विषयमा अन्तरक्रिया गरिएको छ । अमेरिकी सरकारको सहयोग र निल हिरा समाजको समन्वयमा बिहीबार (आज) पोखरामा यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायको परिभाषा, बुझाई, समस्या तथा समाधानका विषयमा समुदायले कास्की प्रहरीसँग अन्तरक्रिया गरेको हो ।
कार्यक्रममा यौनिक तथा लैङ्गिक अल्पसंख्यक अभियानकर्मी भुुमिका श्रेष्ठले लैङ्गिक पहिचान, यौन अभिमुखिकरण र यौन विशेषता सम्वन्धि बुझाईको विषयमा आफ्नो प्रस्तुती राखेकी थिइन् । समुदायको उचित परिभाषाका साथमा समाजमा भोग्नु परेको समस्याका विषयमा उनले अन्तरक्रियामा जानकारी गराइन् ।
त्यस्तै निल हिरा समाजकी कार्यकारी निर्देशक मनिषा ढकालले समुदायले समाज तथा परिवारबाट भोग्नु परेको विभेदका विषयमा प्रस्ट्याएकी थिइन् ।
परिवारहुँदै समाजबाट विभेद भोग्नुपरेका कारण समुदायका व्यक्तिले प्रगती गर्न नसकेको उनको भनाई थियो । साथै पहिचानसहितको नागरिकता प्राप्त गर्न निकै कठिन रहेको उनले बताइन् ।
त्यसैगरि जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी नायव उपरिक्षक श्रवण कुमार बिकले प्रहरीको भूमिका विषयमा प्रस्तुती राखेका थिए । यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायको विषयमा प्रहरी निकै संवेदनशिल रहेको र सबैलाई समान नजरले हेर्ने गरिएको उनले बताए । कोही कसैले हिंसा भोग्न नहुने र स्वतन्त्ररुपमा सम्मानजनक तरिकाले बाच्न पाउने अधिकारलाई सुनिश्चित गर्न प्रहरी कटीवद्ध रहेको उनको भनाई थियो ।
यता राष्ट्रिय मानव अधिकार आयोग गण्डकीका अधिकृत मोहन काफ्लेले यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायका विषयमा राज्य तथा सरोकारवालाहरुले गर्नुपर्ने कार्यका बारेमा जानकारी गराएका थिए । यस समुदायका विषयमा समाजमा अझै सचेतना फैलाउनु पर्ने उनको भनाई थियो ।
नौलो बिहानी पोखराकी कार्यालय प्रमुख रजनी थकाली ‘फुपु’ले समुदायको बुझाईमा सुधार आएको बताइन् ।
यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायका सदस्यहरुले आफुले भोगेका समस्या अन्तरक्रियामा सुनाएका थिए ।
अन्तरक्रियामा जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरीहरु, मानवअधिकारकर्मी, सञ्चारकर्मी र यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायका सदस्यहरुको उपस्थिति रहेको थियो ।
नेकपा (एमाले) ले समानुपातिकतर्फका १६ जना उम्मेदवारको नाम निर्वाचन आयोगमा सिफारिस गर्ने निर्णय गरेको छ । पार्टी अध्यक्ष केपी शर्मा ओलीको उपस्थितिमा शनिबार बसेको सचिवालय बैठकले उम्मेदवारको टु...
पोखरा: ११६ औं अन्तराष्ट्रिय श्रमिक महिला दिवसको अवसर पारी पर्यटन व्यवसायी महिला संघ(टेवान) पोखराले समाजिक विकास, युवा तथा खेलकुद मन्त्रालयको सहयोगमा आज पोखरामा महिलालाई लक्षित गरी मेनोपज सचेतना ...
काठमाडौंः नेपाल आयल निगमले ग्यास सिलिण्डरमा ७.१ किलो एलपी ग्यास भरी प्रति सिलिण्डर आधा रु ९५५ मा बिक्री वितरण गर्ने निर्णय गरेको छ । निगमले बिहीबार विज्ञप्ति जारी गरी हालको परिस्थितिला...

